खानेपानी सरसफाइ तथा स्वच्छता प्रशिक्षक प्रशिक्षण आज देखी शुरु

मेयर रेनु दाहाल द्वारा उदघाटन

0
224

भरतपुर,पुस १-नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा चितवन एवम मनोसामाजिक सहयोग परियोजनाको आयोजनामा आज खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रमको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा चितवनको सभाहलमा उदघाटन भएको छ ।भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा चितवनका निवर्तमान महामन्त्री हरि प्रसाद न्यौपाने ,नेपाल रेडक्रसका केन्द्रीय सदस्य तिर्थराज कोइराला विशिष्ट अतिथिको रुपमा रहेका थिए ।त्यस्तै,अतिथिहरुमा भरतपुर अस्पताल बिकाश कोषका अध्यक्ष डा भोजराज अधिकारी , भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी , नेरेसा चितवन उप सभापति बिदुर केसि ,नेरेसो चितवन शाखाका मन्त्री हरि पौडेल लगायत रहेका थिए ।कार्यक्रममा प्रमुख अतिथि,सभापति लगायतले रेडक्रसका जन्मदाता हेनरि ड्युनाको तस्बिरमा माल्यार्पण गरी पानसमा बत्ति बालेर विधिवत रुपमा कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

आज देखी पाँच दिन सम्म संचालन हुने उक्त  प्रशिक्षण कार्यक्रममा चितवन जिल्लाको बिभिन्न स्थानबाट २७ जना सहभागिको सहभागिता रहने नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा चितवन एवम् मनोसामाजिक सहयोग कार्यक्रम अधिकृत प्रदिप सुबेदिले बताउनु भयो । कार्यक्रममा केन्दिय प्रशिक्षक निमित्त बिभागिय प्रमुख जुनियर युवा बिभाग कृष्ण्हरि कोइराला ,सुमिरा न्यौपाने,कृष्ण सुबेदि,सुरज पोखरेल,तिलक श्रेष्ठ लगायत प्रशिक्षकको रुपमा रहने छन ।कार्यक्रममा नेपाल रेडक्रस चितवन जिल्ला उप-सभापति बिदुर केसिले  स्वागत मन्तव्य  राख्दै बिषम परिस्थितिमा रेडक्रसले खेलेको भुमिका र आगामी दिनमा गैर आवासिय नेपालि संघले निकट भबिस्यमा प्रदान गर्दै गरेको बिशेष प्रकारका मोबाइल रक्त संकलन भ्यानको बारेमा समेत जानकारी गराउनु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी,विशिष्ट अतिथि लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटि एवम मनोसामाजिक सहयोग परियोजनाको कार्यक्रम अधिकृत प्रदिप सुबेदिले गर्नु भएको थियो ।कार्यक्रम नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा चितवनका सभापति ज्ञानशालि न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here