चितवन प्रहरीद्वारा हराएका मोबाइल फेला पारी फिर्ता

0
197

चितवन, मंसिर २४-

जिल्ला प्रहरी कार्यालय चितवनले हराएका २८ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

पीडितहरुले विभिन्न मितिमा दिएका निवेदनका आधारमा मोबाइल खोज्ने क्रममा पछिल्लो १५ दिनभित्रमा २८ वटा मोबाइलहरु भेटिएको हो । विभिन्न स्थानबाट फेला पारिएका मोबाइल मंगलबार फिर्ता गरिएको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी डीएसपी सूर्य थापाले जानकारी दिए । मोबाइल ६ लाख ४५ हजार रुपैयाँ बराबरका रहेका थिए ।

यस आर्थिक वर्ष ०७७/७८ को साउन १ देखि हालसम्म ५२७ वटा मोबाइल हराएका निवेदन परेको उनले जानकारी दिए । जसमध्ये १५५ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई दिइएको छ ।

डीएसपी थापाका अनुसार प्रहरीले प्रविधिको प्रयोग गरी मोबाइल फेला पार्ने गर्छ । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी ‘इएमआइइ’ नम्बर दिएर उजुरी दिएपछि मोबाइल खोज्न सजिलो हुन्छ । ‘इएमआइइ’ नम्बर भएपछि सिम फालेर मोबाइल चलाए पनि मोबाइल खोज्न सजिलो हुने उनले जनाए ।

हराएको मोबाइल जोसँगबाट मोबाइल फेला पारिन्छ ऊबाट मोबाइल जफत गरी सम्बन्धित धनीलाई बुझाउने गरिएको उनले बताए । उनले भने ‘जोसँग मोबाइल हुन्छ । उसले त्यो मोबाइल अरुबाट किनेको रहेछ भने पनि उसको लगानी डुब्ने गर्छ । जोसँग मोबाइलको आधिकारिक बिल हुन्छ वा जसको मोबाइल हो भन्ने प्रमाणित हुन्छ उसैलाई हामीले मोबाइल बुझाउने गर्छाैं ।’ यदि मोबाइल चोरी भएको हो भने त्यो प्रमाणित भएमा चोरी गर्नेलाई कारवाही गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here