काठमाडौँ,मङ्सिर १४ –
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत समूहका सदस्यहरुको मतगणना सकिएको छ । यस समूह अन्तर्गत कुल २८ जना सदस्यले उम्मेदवारी दिएका थिए ।
त्यसमध्ये बढी ल्याउने १४ जना निर्वाचित भएका हुन् । विजयी हुनेमा सबैभन्दा धेरै मत ल्याउनेले ७७ मत तथा सबैभन्दा कम मत ल्याउनेले ४९ मत ल्याएका छन् । ४९ मतभन्दा कम प्राप्त गर्ने उम्मेदवार सदस्यमा निर्वाचित भएका छैनन् ।
वस्तुगत तर्फबाट निर्वाचित हुनेमा सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ (६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०) प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३) विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१) सुवोधकुमार गुप्ता (५०) गोविन्द ढुंगेल (५०) आकाश अधिकारी (४९) छन् ।
निर्वाचित हुनेमा चन्द्र ढकाल समूहबाट ७ जना र किशोर प्रधान समूहबाट ७ जना छन् ।
सुमित केडिया, नरेशलाल श्रेष्ठ, भक्त हमाल, प्रकाशमान सिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता र आकाश अधिकारी ढकाल समूहका छन् ।
त्यस्तै, सन्दीप कुमार अग्रवाल, मीनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिषलाल प्रधान, सकुन्तला हिराचन, विष्णु गैरे र गोविन्द ढुंगेल प्रधान समूहका हुन् ।