विराटनगर,मङ्सिर १२-
मोरङ स्काउट सघर्ष समितिले आज विराटनगरमा मास्क वितरण गरेको छ ।
विराटनगरको सर्वसाधारणलाई समितिले थान मास्क वितरण गरेको हो । समितिका संयोजक गोविन्द गडेरीका अनुसार मोरङका स्काउटर र रोभर रेन्जरहरु विच रकम संकलन गरि उठेको रकमले २ हजार थान मास्क वितरण गरेको बताए । बरगाछी चोक , बस पार्क , मिलन चोक , घिनाहाघाट लगायतका स्थानमा मास्क वितरण गरेको संयोजक गडेरीले जानकारी दिए ।
गोग्राहा माध्यमिक बिधालयको ब्यबस्थापन समिति अध्यक्ष सुनिल कुमार पौडेलको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रम बिराटनगर वडा न १९ का अध्यक्ष बद्री नारायण सरदारको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रकाशित मिति: