चितवन, मंसिर १०–
चितवन आइपुगेका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएको छ । नारायणगढस्थित सेन्ट्रल पाम होटलमा आएर बसेका शाहलाई आज (बुधबार) साँझबाट छातीमा समस्या देखिएको हो ।
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार उनलाई होटलमै ईसिजी र रगत परीक्षण गर्न लागिएको छ ।
ईसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे एकिन हुने डा.रेग्मीले जानकारी दिए । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।
प्रकाशित मिति: