चितवन,मंसिर ८–
चितवनमा आज (सोमबार) साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वीचितवनको राप्ती नगरपालिकास्थित हर्दिमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
प्रहरीले ग्यास बुलेटलाई नियन्त्रणमा लिएको छ । प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटले ठक्कर दिएको हो ।
मृत्यु हुनेमा राप्ती–५ भण्डाराका सचिन दनाइ र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात स्थानीयले केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए ।
प्रकाशित मिति: