संस्था भित्र राजनिती मौलाएको भन्दै मोरङ स्काउट संघर्ष समितिद्वारा ध्यानाकर्षण

0
115
मोरङ,कात्तिक २०-                                          मोरङ स्काउट संघर्ष समितीले आज बाट विभिन्न सरोकारवाला संघ संस्था तथा व्यक्तिहरुलाई भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम सुरु गरेको छ ।

नेपाल स्काउटले प्रदेश तदर्थ समिती गठनको नाममा संस्थामा राजनैतिक हावी गराएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङ, बिराटनगर महानगरपालिका मेयर भिम पराजुली र उपमेयर इन्दिरा कार्की, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएको छ ।त्यसैगरी नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु, नेपाल कम्युनिस्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई पनि भेटेर नेपाल स्काउटमा भइ रहेको गतिविधिको ध्यानाकर्षण गराएको छ ।अन्य राजनैतिक दलका व्यक्तित्व, जिम्मेवार पदाधिकारी, सामाजिक अभियान्ता, बुद्धिजिविहरुलाई पनि भेटेर ध्यानाकर्षण गराउने संघर्ष समितिका संयोजक गोविन्द गडेरीले बताउनु भयो ।

ध्यानाकर्षणका क्रममा स्काउट भित्र राजनितिकरण हुनु दुस्खद भएको भन्दै स्काउट सुदृढीकरणका लागी खबरदारी गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।केहि दिनअघि मात्र स्काउटरहरुको भेलाले मोरङ स्काउटका पूर्व जिल्ला संगठन आयुक्त गडेरीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनीतिकरणको विरोधमा संघर्ष समिति गठन गरिएको जनाइएको छ ।                                                                          जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टि जनाउँदै देशभर स्काउटरहरु आन्दोलित भएका छन । प्रदेशस्तरीय समितिमा स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेकोलगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here