भरतपुर सहित देशभरका स्काउट आन्दोलित,चितवनमा संघर्ष समिति निर्माण(विज्ञप्ति सहित)

0
497

कार्तिक,भरतपुर, १३-
भरतपुर महानगरपालिकामा स्काउटरको भेलाले शिवप्रसाद बरालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा संघर्ष समिति गठन गरिएको जनाइएको छ । समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश थापा, गोपी तामाङ, अशोक ढकाल, रामु पाण्डे, सूर्य तिवारी, महेश सुवेदी, सिंहबहादुर कुँवर, लिलानाथ गौतम, संगिता पराजुली रहेका छन् ।

जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टी जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हुन् । यो सँगै प्रदेशस्तरीय समितिमा चितवनबाट प्रतिनिधित्व नगराइएको, स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेको लगायतका आरोप देशभरका असन्तुष्ट स्काउटरले लगाएका छन् । संघर्ष समितिले आइतबार जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन। चितवनमा स्काउट प्रशिक्षण दिने ३ सय बढी स्काउटर छन् । ४ हजार। बढी विद्यार्थी स्काउटमा आवद्ध छन् । ४ सय जना विद्यार्थी रोबर तथा रेञ्जर छन् । ८५ वटा ट्रुप र ६ वटा क्र्यु रहेका छन् । सामुदायीक तथा संस्थागत विद्यालयमा स्काउटका थुप्रै गतिविधि हुदै आएका छन् । यो संगै देशभर संघर्ष समिती निर्माणको अन्तिम तयारी समेत भैरहेको र माग पूरा नभए सशक्त रुपमा चर्को आन्दोलन गर्ने चेतावनी समेत दिएका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here