गैँडाकोट नगरपालिका वडा नं.२ मा किराना पसल सञ्चालन गर्दै आएका भट्टराई अवेरसम्म घर नगएपछि परिवारले खोजीगर्दा सम्पर्क बाहिर रहेको थाहा भएको हो ।ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले भट्टराई परिवारको सम्पर्कमा नआएको भन्दै उनको परिवार तथा आफन्तले खोजीगरीदिन आग्रह गर्दै जाहेरी दर्ता गराएको बताउनु भयो । गैँडाकोट नगरपालिका वडा नं. २ स्थित होटल मानसरोवर नजिकै किराना पसल सञ्चालन गर्दै आएका मनोजले प्रयोग गर्दै आएको मोवाईल समेत पसलमै छाडेर सटर बन्द गरेको प्रहारीले जनाएको छ । हराएका उनको खाजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रातो सर्ट र जिन्स पाईन्ट लगाएका भट्टराईलाई कसैले देखमा नजिकैको प्रहरी कार्यालय वा उनको आफन्तको मोवाईल नम्बर ९८४५०४८५१८ मा खबर गरिदिन आग्रह गरिएको छ ।