काठमाडौंको सडकमा सेनाको विमान गुडेपछि…

0
209

काठमाडौं, भदौ २७–

तपाईँले विमान उडेको देख्नु भएको होला। कतिपयले यात्रा पनि गर्नु भएको होला। तर, शनिबार काठमाडौंमा फरक दृष्य देखिएको छ।

नेपाली सेनाको विमान सडकमा देखियो। भीभीआइपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको विमान सडकमा देखिएको हो।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार  एभ्रो एयर क्राफ्टको विमान सडकमा गुडाएरै  नारायणहिटी संग्रालय लगिन लागिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानको पाटपुर्जा निकालेर गुडाउँदै लगिएको थियो।‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने जनाइएको छ। नारायणहिटी संग्राहलयमा राखिने उक्त विमान घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् ।त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको बताए ।

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।
यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here