आठ लाख खर्चेर मौलाकालिका फेदीमा फेरि अर्को स्वागत द्वार निर्माण

फजुल खर्च गरेको भन्दै स्थानीयद्धारा चर्को आलोचना

0
141

गैँडाकोट ,भदौ २६-                                              पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको मौलाकालिका सामुदायिक बनले साढे ८ लाख रुपैँया खर्चेर स्वागतद्धार निर्माण गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मौलाकालिका फेदीमा करिव साढे ८ लाख रुपैयाको लागतमा स्वागतद्धार निर्माण गरिएको हो । सामुदायिक बनको पहिचानका लागी गेट निर्मााण गरिएको बनका अध्यक्ष काशीनाथ क‌ंडेलले जानकारी दिए ।

अध्यक्ष क‍ंँडेलले सामुदायिक बनको कार्यसमिति सर्वसम्मत रुपमा स्वागतद्धार निर्माण गर्ने निर्णय गरेको हो ।लकडाउनका कारण निर्माण समयमै सम्पन्न हुन नसकेको उनले बताए ।यता अनावश्यक ठाँउमा बनले फजुल खर्च गरेको भन्दै स्थानीयले आलोचना गरेका छन।

चोकैपिच्छे गेट निर्माण गरेर कस्तो पहिचान झल्काउन खोजिएको हो भन्दै स्थानीय युवाले प्रश्न गरेका छन ।सामुुदायिक वनले सडकको स्तरोन्नती, सार्वजनिक शौैचालय जस्ता काममा रकम खर्च गर्नुपर्नेमा गेट बनाएर पैसाको दोहन गरेको आरोप लागेको छ । मौलाकालिका मार्ग प्रवेश गर्ने सडकमा यो सँगै अव चारवटा गेट हुने भएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here