भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा पाण्डे नियुक्त

0
155

चितवन,भदौं २५-

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु थिए ।

भदौं २४ गतेको मन्त्रीस्तरको निर्णयबाट उनलाई भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए । प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन पाण्डे नेपालगन्जको भेरी अस्पतालमा कार्यरत थिए । डा. पाण्डे एघारौं तहका चिकित्सक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here