एजेन्सी
पेरिस, भदौ १९-
लामो समय पछी फ्रान्समा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।
पछील्लो २४ घण्टामा त्यहाँ ७ हजार बढीलाई संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ।
बितेको दुई दिनको संक्रमित संख्या ७ हजार बढी छ।
जोन्स हप्किन्स विश्वविद्यालयको आँकडा अनुसार फ्रान्समा हालसम्म ३ लाख ३८ हजार २ सय २० जना संक्रमित भइसकेका छन् भने सोका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय १२ पुगिसकेको छ।
प्रकाशित मिति: