पछील्लो २४ घण्टामा देशभर थप १२ सय २१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
56

काठमाडौं  भदौ,१४-

पछील्लो २४ घण्टामा देशभर थप १२ सय २१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ संक्रमित फेला परेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उत्यकामा ४ सय २९ जनामा संक्रमण भएको जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

२४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए । उनका अनुसार आइतबारसम्म भने ६ लाख ८२ हजार ३ सय ४३ परीक्षण भएको छ ।

२४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको कुल संख्या भने २० हजार ८ सय २२ छन् । २४ घन्टाको अवधिमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here