विद्यालयको गेट खस्दा बालकको मृत्यु

0
68

जनकपुर,भदौ १४-

सप्तरीको एक विद्यालयमा फलामको गेट खस्दा एक बालकको मृत्यु भएको छ। सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ मा विद्यालयको फलामको गेट खस्दा त्यसमा च्यापिएर एक जना बालकको मृत्यु भएको हो।

वडा नम्बर ४ मा रहेको आधारभूत विद्यालय छपकीको लगभग डेढ महिना पहिले मात्रै पूर्णनिर्माण गरिएको फलामको गेट खस्दा उक्त विद्यालयकै कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ वर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको वडा नम्बर चारका वडाध्यक्ष छेदी इसरले जानकारी दिए।गेटमा च्यापिएर गम्भीर घाइते भएका भूपेन्द्रलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

घटना शनिबार साँझ ६:१५ बजेतिर भएको हो। वडा नम्बर ४ का वडाध्यक्ष छेदी इसरले नै वडाको विकास सम्बन्धी छलफलको आयोजनाका लागि उक्त विद्यालय चन्द्रशेखरलाई खोल्न लगाएका थिए। गेट खोल्न जाँदा उनीसँगै छोरा भूपेन्द्र र उनका अन्य साथीहरू समेत थिए।

छलफल सकेर सबै बाहिर निस्किएपछि विद्यालयमा कोही रहेको देखेर भूपेन्द्र विद्यालयको गेट लगाउन जाँदा उनीमाथि त्यो गेट खसेको थियो। वडाध्यक्ष इसरका अनुसार बालकमाथि गेट खसेको १० मिनेटभित्रै अस्पताल पुर्‍याउँदा पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here