कविता:मायालाई शुभकामना

0
709

-राकेश दंगाल,विराटनगर

मुटु र दिमाग फरक कुरा हुन,
माया र धोका फरक कुरा हुन।।
*******************
मुटु लाटो छ तिमीलाई माया गर्छ,
दिमाग बाठो छ तिमीलाई  शंका गर्छ ।।
*******************
मायामा शंका छ र त माया मीठो छ,
पवित्र छ, जुनी जुनिलाई छ।
हजार जुनिलाई छ ।।
*******************
जसरी मालीले जस्तै
भमराले पनि फूललाई निस्वार्थ माया गर्छ ,
त्यो भन्दा बढी माया तिमीलाई।।
*******************
लाखौँ ताराको भिडमा,
हजारौ अनुहारको बीचमा।
जसरी मुटुले रोज्यो तिमीलाई …
भुल्ने छैन मृत्यु पर्यन्त तिमीलाई ।।
*******************
रहने छ सन्सार मेरो तिमी रहुन्जेल
धोका नदिनु है , यो मुटु भएको मायालुलाई ।।
*******************
सौभाग्य हो , सौभाग्य हो म,
तिम्रो त भन्दिन तर तिमी मेरो माया हो ।।
*******************
विस्वास्घात नगर्नु है प्रिय,
स्वार्थी नहुनु है माया।
तिमी नै त हौ मेरो साहारा।।
*******************
प्रिय माया मनले गरियो मनले डोरायो
सक्दिन जान टाढा,
*******************
नजाउ छाडेर रहर या वाध्यतामा,
पाउने छौ मलाई सधै त्यही।
जहाँ छाडेर गयौँ भने मर्दिन म,
मर्दिन म वसि हेर्ने छु सधै तिमीलाई त्यही।
जहाँ हाम्रो माया तिमी अनि हाम्रो सन्सार थियो ।।
*******************
केही तिता मिठा मुटु छुने यादहरु अनि,
अनि टिलपिल गर्दै झर्ने मेरा आसुँका दानाहरु।
तिमी कहिले नरुनु, तिमीतिमी कहिले नरुनु,
आसुँ मेरो लास जलाउन।।
*******************
सम्झिनु पागल थियोृ खुब माया गर्थ्यो,
अनी झार्नु मात्र दुई थोपा आँशु।
एउटा मेरो आइ लब यू को जवाफमा ।
लब यू टू भन्ने भूल गरेको मा ।।
*******************
भूल तिम्रो लागि भो,
घाउ मलाई लाग्यो।
आसु मेरो झर्यो,
पीडा मलाई भयो।।
*******************
तिम्लाई त एउटा मीठो सपना मात्र,
अनि एउटा पागलले सतायो।
सम्झिनु तिमी नरुनु कहिले, मलाई पीडा हुन्छ,
सक्दिन देख्न आँसु तिम्रो आखामा।।
*******************
खुशी हौँ,सुखी हौँ ,मुस्कुराउ सधै, मेरो शुभकामना ।।

तपाइको प्रतिक्रिया दिनुहोस्