झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु

0
142

झापा,भदौ १०-

सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका झापा गाउँपालिका-३ का ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको छ।

गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।

स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो।

स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ। गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएका थिए।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको थियो।

प्रहरीले भने आलमको मृत्युबारे आधिकारिक जानकारी दिएको छैन।

गोरु काट्ने व्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अवरोध गर्न खोज्दा झापा गाउँपालिकामा केहीबेर झडप भएको प्रहरीले जनाएको छ।

कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेहरुमा झापा गाउँपालिका-३ का अब्दुल सलाम र ताजमल हक रहेका छन्।

दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुलाई लैजान नदिन स्थानीयको ठूलो भीडले प्रहरीलाई अवरोध गरेको थियो। त्यसक्रममा झडप भएको झापा प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here