चितवन, भदौं १०–
चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै रत्ननगरका १४ जना, माडीका ९ जना, भरतपुरका २ जना र तनहुँका एक जना रहेका छन् ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा रत्ननगर नगरपालिका–४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन् ।
संक्रमित पुरुषहरु १९ देखि ५३ वर्ष उमेर समूहका छन् भने महिलाहरु २३ र ३४ वर्षीया हुन् । उनीहरु रत्ननगरका क्वारेन्टिनमा रहेका थिए ।
यस्तै माडी नगरपालिकामा ५ महिने बालकसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा माडी नगरपालिका–६ र ७ का ५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा ५ महिनाका बालकदेखि ४८ वर्षका पुरुष र ४० देखि ६० वर्ष उमेर समूहका महिला रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमा रहेको बताइएको छ ।
पहिलो चरणको लकडाउनको अवधिमा माडीमा ४१ जनामा संक्रमण पुष्टि भएको थिया । लकडाउन खुलेपछि माडीमा पहिलोपटक संक्रमण पुष्टि भएको हो ।
यस्तै भरतपुर महानगरपालिका वडा नं.७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला रहेका छन् ।
त्यस्तै तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: