भरतपुर अस्पतालको आइसोलेसनबाट संक्रमित भागे

0
128

चितवन, भदौं ९–

चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेका हुन ।

प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।

केही दिन अघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ। (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here