पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ७ संक्रमित,मृत्‍यु हुनेको संख्या १२६ पुग्यो

0
105

काठमाडौँ, भदौ ४–

नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँका थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।

यो सहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।

त्यस्तै,विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ।

विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६५ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

त्यस्तै हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here