बुटवलको कोरोना अस्पतालमा उपचारत २ जनाको मृत्यु , एक संक्रमित

0
61

बुटवल,साउन २८ – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ वर्षीय एक जना र ४२ वर्षीय अर्का पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

सघन उपचारमा रहेका ७ जनामध्ये २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा २५ गते नै पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कपिलवस्तुकै २५ वर्षीय अर्का युवाको पनि कोरोना बिशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मंगलबार नै कोरोनाको लक्षण देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालमा लगेर भेन्टिलेटरमा राखिएको थियो ।

मध्यरातिबाट समस्या बढ्दै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यी २५ वर्षे मृतकको पीसीआर रिपोर्ट आउन बाँकी छ । अस्पतालले उनलाई कोरोनाकै मापदण्डमा राखेर उपचार गरेको प्रवक्ता डा. गौतमले बताए ।

मृतक एक जना कृष्णनगरका र अर्का तौलिहवाका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here