काठमाडौं उपत्यकामा पहिलोपटक एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण

0
95

काठमाडौं साउन,२८

काठमाडौं उत्यकामा पहिलोपटक एकैदिन १ सय ३८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो। यसअघि हिजोमात्र १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो।

आजैमात्र कोरोनाका ४ सय ८४ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

त्यस्तै, ९१ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here