सामाजिक सञ्जाल फेसबूकले हटायो भ्रामक र गलत सूचना दिने ७० लाख पोस्ट

0
173

काठमाडौं साउन,२८ –

सामाजिक सञ्जाल फेसबूकले कोरोना भाइरसबारे भ्रामक र गलत जानकारी फैलाउने पोस्टलाई  हटाउन थालेको छ ।  फेसबूकले मंगलवार सम्म करीब ७० लाख गलत सूचना दिने पोस्ट हटाएको जनाएको छ ।

तीमध्ये कति पोस्ट कोरोना भाइरसबाट बच्ने उपायबारे गरिएका पोस्टहरू रहेको जनाइएको छ ।

फेसबुकका अनुसार कम्पनीले रिपोर्ट गरिएका ती पोस्टहरूको विश्वसनीयता थाहा पाउनका लागि विशेषज्ञलाई पनि बोलाएको थियो ।

फेसबूक पहिलेदेखि नै आफ्नो प्लेटफर्ममा देखिने भ्रामक र गलत समाचार रोक्ने प्रयासमा छ । साथै फेसबूकले यस्ता पोस्ट हटाउन निरन्तर काम गर्ने पनि जनाएको छ ।

फेसबूकले आफ्नो फ्ल्यागशीप एपका माध्यमबाट घृणा फैलाउने २ करोड २५ लाख भाषण पनि हटाएको छ । पहिलेको तुलनामा यो आँकडा धेरै हो ।

फेसबुकले आतंकवादी संगठनसँग जोडिएका करीब ८७ लाख पोस्ट पनि हटाएको छ । यसअघि फेसबूकले ६३ लाख पोस्ट हटाएको थियो ।

यसै गरी फेसबूकले संगठित घृणा फैलाउने पेजहरूलाई पनि हटाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here