काठमाडौं,साउन २४-
सरकारी चिकित्सक संघ नेपालका अध्यक्षमा डा रवीन खड्का निर्वाचित भएका छन।संघको आज (शनिवार) भएको मतदानमा डा खड्काले अर्का प्रत्यासी डा समाज गौतम लाई पराजित गरेर विजयी बन्नुभएको हो । डा खड्काले ४८० मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी डा गौतमले २३७ मत ल्याउनुभएको छ ।
१५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा विजय थापा, उपाध्यक्षमा डा सुशीलमोहन भट्टराई, महासचिवमा डा कीर्तिपाल सुवेदी, सचिवमा डा रोशनभगत चौरसिया र कोषाध्यक्षमा डा सुधा शाही निर्वाचित भएका छन्।
सदस्यमा डा अर्चना केसी, डा कपिल गौतम, डा कुशल खनाल, डा गौरव साह, डा प्रकाश भट्टराई, डा विजयकुमार मेहता, डा विजय गुरुङ, डा हेमा जोशी र डा सुसन भट्टराई निर्वाचित भएका हुन्।
संघका ७६८ मतदाता मध्ये ७२३ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक डा रुद्र मरासिनीले जानकारी दिनुभयो।