रामको जन्मभुमी माडीको अयोध्यापुरी नै हो ,भव्य राम मन्दिर बनाउनुस्, सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली

0
187

काठमाडौं,साउन २४-

प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना बनाएर चितवनको माडीमा भव्य राम मन्दिर बनाउन माडी नगरपालिकाका जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नगरपालिकाका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा रामको जन्मभूमि भारतमा नभएर माडीको अयोध्यापुरीमै भएको बताएका हुन्। ओलीले मन्दिर निर्माणलगायतका काममा सरकारको तर्फबाट सहयोग उपलब्ध हुने बताएका थिए।

छलफलका क्रममा ओलीले राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएको नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले बताइन्।

छलफलका क्रममा माडीका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा यातायातको असुविधा भएको भन्दै वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारले सहजीकरण गर्नुपर्ने माग राखेका थिए।  प्रधानमन्त्रीले उक्त विषयमा आवश्यक निर्णय गर्ने बताएको महतोले जानकारी दिइन्। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here