विराटनगर ,साउन ९-
विराटनगरमा पहिलो पटक फ्लेयर बार टेन्डर एकाडमी सञ्चालनमा आएको छ । विशेष गरि युवा वर्गलाई लक्षित गरि विराटनगर–१० ट्राफिक चोकमा साउन ५ गते स्थापना भएको उक्त एकाडमीले १० गतेदेखि बार टेन्डर सम्बन्धि सम्पूर्ण तालिम दिने भएको छ ।
होटल व्यवसाय क्षेत्रमा विराटनगरबाटै अब दक्ष बारटेन्डर जनशक्ति उत्पादन गर्ने एकाडमीका सञ्चालक उमेश कटुवालले बताए ।
पहिलो पटक सञ्चालन भएका कारण पहिलो तालिम लिन आउने २ जना व्यक्तिलाई छात्रावृत्ती उपलब्ध गराएको उनले बताए । छात्रावृत्ती पाउने विराटनगरका एक महिला र एक पुरुष रहेका छन् । विराटनगरमा लेडिज बारटेन्डर नभएका कारण महिला सहभागिताको लागि छात्रावृत्ती एक महिलालाई दिएको बताए ।विकास राई, रोहन ताम्राकार र उमेश कटुवालको संयुक्त रुपमा लगानी गरी फ्लेयर बारटेन्डर एकाडमी सञ्चालनमा ल्याएका छन् । एकाडमी सञ्चालनका लागि १३ लाख लागत लागेको कटुवालले बताए ।
यस एकाडेमिमा तालिम सिक्न चाहने व्यक्तिहरुले अभिभावकको स्वीकृतिपत्र लिएर आएमा मात्र फारम भर्न पाउने व्यवस्था रहेको कटुवालले बताए । उनले भने, ‘यस भन्दा अगाडी बारटेन्डर सम्बन्धी तालिमको लागि काठमाण्डांंै जानु पर्ने बाध्यता थियो । एकाडेमिमा तालिम लिन आउने मानिसहरु पुर्ण रुपले लाभान्वित हुने कटुवालले जानकारी दिए।