आरुषी मिडिया द्वारा “एक हप्ते निशुल्क अन्लाईन उद्धोषण तालिम” शुरु

0
339

भरतपुर,असार २१-

चितवनको भरतपुर-१० स्थित आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि द्वारा आयोजित “एक हप्ते निशुल्क अन्लाईन उद्धघोषण तालिम” आज बाट शुरु भएको छ।

हरेक दिन बिहान ठिक ८:०० बजे बाट संचालन हुने उक्त तालिमको पहिलो दिन आज देश तथा विदेश बाट गरि ९४ जना सहभागी भएका थिए।

तालिममा ख्याती प्राप्त संचारकर्मिहरु मनोज पन्त,दिनेश श्रेष्ठ`पासा´,राजु सापकोटा,सन्तोष बस्ताकोटी,करिष्मा थापा र रमेश बस्ताकोटी प्रशिक्षकको रुपमा रहेका छन।

कोरोना भाइरस (कोभोड-१९ )को महामारीलाई न्यूनीकरणका लागि गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गरि घरमै बसि अनलाईनको माध्यम बाट सिक्न सकिने हुनाले यस तालिम संचालन गरिएको संस्थाका अध्यक्ष सन्तोष बस्ताकोटीले जानकारी दिए।

जुम एप्लिकेसन बाट संचालन हुने उक्त तालिम असार २७ गते सम्म संचालन हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here