चितवनका निजी विद्यालयका शिक्षकले फागुनदेखिकै तलब पाएनन्, तलब तत्काल उपलब्ध नगराए कडा आन्दोलन गर्ने इष्टु चितवनको चेतावनी

0
182

चितवन, असार १७–

चितवनका निजी विद्यालयका शिक्षकहरुले अघिल्लो शैक्षिक सत्रका सबै तलब उपलब्ध गराउन माग गरेका छ । निजी विद्यालयका शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलन गरी अघिल्लो शैक्षिक सत्र फागुनदेखिको सबै तलब सेवा उपलब्ध गराउन माग गरेको हो ।

संस्थाका अध्यक्ष जनकराज घिमिरेले शिक्षक कर्मचारीहरुलाई अघिल्लो शैक्षिक सत्रको भुक्तानी गर्नुपर्ने तलब सेवा सुविधासहित सबै महिनाको पुरै तलब समयमै उपलब्ध गराउन माग गरेका छन् । उनले भने–‘तलब भुक्तानी नगर्ने विद्यालयहरुलाई सम्बन्धित निकायहरुले कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्न माग गर्दछौं, अन्यथा सशक्त संघर्षको काम गर्न बाध्य हुनेछौं ।’

निजी विद्यालयहरुले अघिल्लो आर्थिक वर्षको चैतसम्मको विद्यार्थीहरुको शुल्क उठाई सकेका छन् । तर शिक्षकहरुले सोही शैक्षिक सत्रको तलब पाउन बाँकी छ । निजी विद्यालयहरुले कोरोनालाई देखाएर शिक्षक कर्मचारीहरुलाई तलब दिन बहाना बनाएको शिक्षकहरुको आरोप छ ।

इष्टुले असार १५ गते तलब सेवा सुविधासहितको पाँच बुँदे माग पत्र प्याब्सन चितवन, शिक्षा महाशाखा प्रमुख एवंम नगर शिक्षा अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, संस्थागत विद्यालय अभिभावक संघ, महानगरलाई बुझाई सकेको छ । तर आफूहरुको मागलाई सम्बन्धित सरोकारवालाले बेवास्ता इष्टुको आरोप छ ।

चितवनमा १६५ वटा निजी विद्यालयहरु रहेका छन् । जहाँ ६ हजार शिक्षक कर्मचारीहरु कार्यरत रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here