काठमाडौं, असार १२–
नेपालमा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हिजो (बिहीबार) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएकी एक महिलाको स्वाब परीक्षण गर्दा आज (शुक्रबार) रिपोर्ट पोजिटिभ आएको हो ।
गौतमले मृतक ती महिलाको पहिचान गर्ने कार्य भइरहेको बताए । हिजो ती महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई अस्पताल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । तत्कालै ती महिलाको सोही प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा आज नतिजा पोजिटिभ आएको हो ।
यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
प्रकाशित मिति: