काठमाडौं, असार ६-
नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
प्रवक्ता गौतमले गएको २४ घन्टामा १ सय ७६ जना डिस्चार्ज भएको पनि जनाए ।
मन्त्रालयका अनुसार आज (शनिबार) सम्म नेपालमा आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार ४२६ आरडीटी परीक्षण भएका छन् ।
यस्तै पीसीआर विधिबाट भने हालसम्म १ लाख ६९ हजार १६५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ७ हजार ४१६ परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार ४५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा ७ हजार ५ जना रहेका छन् ।
प्रकाशित मिति: