पछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित थपिए,७ हजार नाघ्यो संक्रमितको संख्या

0
651

काठमाडौं, असार ३–

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ८६ संक्रमित थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्