क्वारेन्टिनमा बसेका एक पुरुषले गरे आत्महत्या

0
93

काठमाडौं, असार ३-

अर्घाखाँचीस्थित शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्।

शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए।

विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको बुढाथोकीले जानकारी दिए।

उनी क्वारेन्टिन रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।

यसैबीच अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रयोगशालाले पीसीआर परीक्षण रिपोर्ट दिन ज्यादै ढिलाइ गर्दा यस्ता दुःखद् घटनाहरु हुन थालेको प्रतिक्रिया दिए । ‘समयमा रिपोर्ट नआउँदा मान्छेहरुमा नैराश्यता र नकारात्मक कुराहरु आउने समस्या भयो,’ प्रजिअ पौडेलले भने ।

पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here