काठमाडौं, असार ३-
भेरी अस्पताल नेपालगन्जका अनुसार असार २ गते मंगलबार मृत्यु भएकी बाँकेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
बाँके घर भएकी ४६ वर्षकी महिलाको उपचारका क्रममा बुधबार निधन भएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको आज स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
ती महिलामा ल्युपस नेफ्राइटिस नामक दीर्घरोग समेत रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण देखिएका ३१ जना बर्दियाका हुन् ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ती महिलामा कोरोना पुष्टि भएको आधिकारिक जानकारी गराएको छैन ।
प्रकाशित मिति: