चितवन, जेठ ३०–
चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आज (शुक्रबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्कि सकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै क्वारेन्टिनमा बसीरहेका छन् ।
यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: