महिनौंपछि फेसबुक र इन्स्टाग्रामले हटाए ह्यासट्याग शिखमाथिको प्रतिबन्ध

0
233

एजेन्सी ।अन्ततः करिब तीन महिना पछि फेसबुक र इन्स्टाग्रामले ह्यास ट्याग शिख माथिको  प्रतिबन्ध हटाएको छ । इन्स्टाग्रामको सार्वजनिक सम्बन्ध विभागको टिमले ट्वीट मार्फत त्यस्तो जानकारी गराएको हो ।

इन्स्टाग्रामले भूलवश त्यस किसिमको प्रतिबन्ध लागु भएको ट्वीटमार्फत स्पष्टीकरण दिएको छ । गत हप्ता सार्वजनिक दबावका कारण त्यस्तो प्रतिबन्ध हटाएको इन्स्टाग्रामले गत मार्च सातदेखि आफ्नो प्लेटफर्ममा ह्यासट्याग शिख लेखिएका कुनै पनि सामग्री पोस्ट वा शेयर गर्नबाट रोक लगाएको थियो ।

इन्स्टाग्रामले ट्वीटरमा लेखेको छ, ‘हाम्रो प्रक्रिया यहाँ असफल भयो, हामी क्षमाप्रार्थी छौं ।’ विश्वभर करिब ३ करोड जनसंख्या रहेको शिख धर्मावलम्बीहरु मध्ये अमेरिकामा मात्र पाँच लाखको संख्यामा छन् ।

भारतीय सैनिकहरुले सन् १९८४ को जुन १ देखि ८ सम्म शिख मठविरुद्ध सञ्चालन गरेको सैन्य रेड (जसलाई इतिहासमा अपरेसन ब्ल्युस्टार भनेर चिनिन्छ) मा पाँच सय जना सर्वसाधारणहरुले ज्यान गुमाएका थिए ।

भारतमा शिख धर्मावलम्बी माथि पछिल्ला वर्षहरुमा समेत हिंसाहरु हुँदै आएका छन् । सोही हिंसाको सम्झनामा सामाजिक सञ्जालमा  ह्यासट्याग नेभर फर्गेट १९८४ अभियान चलाइएको थियो ।

इन्स्टाग्रामले ट्वीट मार्फत शिख समुदायका लागि दुखत घडीमा उनीहरुको आवाजलाई दबाउनु आफ्नो उद्देश्य नभएको  र यस्तो गल्ती दोहोरिन नदिन आवश्यक कदम चाल्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here