भारतबाट आएकालाई कालिकोटस्थित क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३३ बेपत्ता

0
122

काठमाडौँ, जेठ २८–

भारतबाट आएकाहरूलाई कालिकोटस्थित क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ।

नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।

बुधवार बिहान खसेको टिपरमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। तीमध्ये ६ जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए।दुर्घटनामा करिब ३३ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । यद्यपी घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here