भारतबाट आएका माडीका एक युवकको भरतपुर अस्पतालमा मृत्यु, कोरोना रिपोर्ट ‘नेगेटिभ’

0
178

चितवन, जेठ २४–

भारतबाट आएका माडीका एक २७ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उपचारकै क्रममा आइसीयूमा निधन भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

भारतबाट आएर माडीकै क्वारेन्टिनमा बसेका ती युवकको आज (शनिबार) विहान साढे १० बजे मृत्यु भएको थियो ।

ती युवकमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here