काठमाडौं, जेठ २४–
नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।
डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।
धनगढीकी महिलाको शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो भने डोल्पाका पुरूषको गत २१ गते राति २ बजे मृत्यु घरमै भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
प्रकाशित मिति: