काठमाडौं, जेठ २३–
बिहीबार ज्यान गुमाएका सुर्खेतका २८ वर्षिय युवकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष र पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुष गरी १० जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: