काठमाडौं,जेठ २३-
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्।चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन पछि रिक्त अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका हुन् ।चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको हृदयघातका कारण निधन भएपछि केहि समय देखि उक्त पद खाली रहेको थियो ।
लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय निर्देशक दयाराम दाहाल हाल बोर्डको सदस्य रहेका रहेका थिए।बोर्ड अध्यक्ष बन्नका लागि दशजनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।
मन्त्री परिषद्मा फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो। मन्त्री परिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठह-याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: