काठमाडौं, जेठ २२–
नेपालमा आज (बिहीबार) एकैदिन ३३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका हुन ।
योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ।
तीमध्ये २९० जना निको भई घर फर्केका छन भने १० जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: