भारतबाट फर्केका पाल्पाका एक युवकको मृत्यु

0
76
Corpse

पाल्पा, जेठ २०–

पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए । उनका अनुसार सोमबार दिउँसो १ बजे  श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

आइतबार राति भारतबाट फर्किए लगत्तै उनि तानसेनको क्वारेन्टिनमा रहेका बस्दै आएका थिए ।

उनलाई सोमबार बिहान ७ बजे  पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टिनमा  लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताए ।

मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here