काठमाडौंँ,जेठ १९ –
आज(सोमबार )साँझ १३ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्।
त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।
पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष छन्।
त्यस्तै रूपन्देही गैडहवा गाउँपालिकामा तीन वर्षीया बालिकासहित ५४ वर्षीय पुरूष थपिएका हुन्।
यो सँगै संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ।
प्रकाशित मिति: