नर्भिक अस्पतालको आइसोलेसनमा उपचाररत महिलामा कोरोना पुष्टि

0
183

काठमाडौंँ,जेठ १९ –

काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् ६१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनमा आज बिहान संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ।

हाल संक्रमित  महिलालाई पाटन अस्पताल लगिएको छ।

संक्रमित उनलाई हेटौंडा अस्पतालबाट चार दिनअघि रिफर गरिएको थियो।

उहाँमा अल्जाइमर्स (विर्सिने रोग) को समस्या थियो।

उनको गत शनिबार स्वाब परीक्षण गर्न पठाइएको थियो।

आइसोलेसनमा खटिने तीन जना चिकित्सकको पनि स्वाब परीक्षण गर्ने तयारी नर्भिकले गरेको छ।

संक्रमित महिलामा लक्षण नभएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here