कपिलवस्तुका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या ३१० पुग्यो

0
129

काठमाडौंँ,जेठ १९-

कपिलवस्तुका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार सोमबार जिल्लाका चार वटा नगरपालिकाका ४० जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा शिवराज नगरपालिकाका मात्रै २६ जना रहेका छन्।

नगरपालिकाको वडा नम्बर ४ का ११ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, वडा नम्बर ११ का ९, वडा नम्बर ३ का ४ तथा वडा नम्बर ६ र १० का १/१ जना छन्। त्यसैगरी, जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर ८ का ८ जना र वडा नम्बर १० का २ गरी १० जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार थपिने बाँकी संक्रमितहरूमा महाराजगन्ज नगरपालिका वडा नम्बर १ र २ का १/१ जना पुरूष छन् भने वाणगंगा नगरपालिका वडा नम्बर ११ का दुई जना महिला रहेको कोरोना फोकल पर्सन थापाले जानकारी दिए।

संक्रमित सबै १७ देखि ५८ वर्ष उमेर समूहका छन्। संक्रमितमध्ये वाणगंगाका दुई जना महिलाबाहेक अरु ३७ जना पुरूष हुन्।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय १० पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here