भरतपुर स्थित प्रेमवस्ती स्कुलमा १५ बेडको क्वारेन्टाइन तयार

विदेशबाट आएका संक्रमणको लक्षण भएकालाई मात्र राखिने

0
96

भरतपुर,जेठ १८-

भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्ती उच्च माध्यमिक विद्यालयमा १५ बेडको क्वारेन्टाइन तयार भएको छ ।

बिदेश बाट आएका र छिमेकी मुलुक भारत बाट आएका कोरोना संक्रमणको सम्भावित बिरामी राख्नका लागि कक्ष तयार भएको वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र मणि काफ्लेले जानकारी दिए ।क्वारेन्टाइनको वाग्मती प्रदेशका सभासद् मिलन बाबु श्रेष्ठ र अध्यक्ष काफ्लेले निरीक्षण गरेका थिए।

भरतपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको उज्जवल टोल बिकास संस्थाको अध्यक्ष राम चन्द्र चालिसे र प्रेमबस्ती माध्यमिक विद्यालयका प्रध्यानध्यपक नबराज पौडेलको व्यवस्थापनमा १७ वटा टोल सुधार समितिलाई समेटेर क्वारेन्टाइन निर्माण गरिएको क्वारेन्टाइन समितिका संयोजक राजेन्द्र तामाङले जानकारी दिए ।

क्वारेन्टाइनमा मनोरञ्जनका लागि इन्टरनेट, टेलिभिजन लगायत शाररीक व्यायाम र पोषण युक्त खानाको समेत व्यवस्था गरिएको छ । साथै खाद्यान्न व्यवस्थापन र अनुगमन गर्नका लागि उपसमितीमा सोही बिधालयका शिक्षक रामु अधिकारी र राधा पण्डितको सम्योजकमा समिति गठन गरिएको छ । विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका खानेकुराहरु मात्रै खुवाउने अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here