अर्जेन्टाइन स्ट्राइकर इकार्डी फ्रेञ्च च्याम्पियन पिएसजीमा चार वर्षका लागि अनुबन्ध

नयाँ सम्झौताअनुसार अब इकार्डी २०२४ सम्म पीएसजीमा रहनेछन्।

0
155

काठमाडौं, जेठ १८-

फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डीसँग सम्झौता गरेको छ। इकार्डी इटालीयन क्लब इन्टर मिलानबाट पिएसजी गएका हुन्।

पिएसजीले ६० मिलियन युरोमा उनीसँग सम्झौता गरेको हो।

नयाँ सम्झौताअनुसार अब इकार्डी २०२४ सम्म पीएसजीमा रहनेछन्। फ्रान्समा जारी सिजन बीचमै रद्द हुनुअघि इकार्डीले सबैखाले प्रतियोगितामा पीएसजीका लागि ३१ खेलमा २० गोल गरेका थिए।

उनले यसअघि इन्टरमा ६ सिजन बिताएका थिए।

इकार्डीसँग सम्झौता गरेपछि पिएसजीले स्थायी सम्झौता गर्न पाउँदा खुसी लागेको बताएको छ।

२७ वर्षीय स्ट्राइकर इकार्डीले देशका लागि ८ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

अर्जेन्टिनाको रोसारियो शहरमा जन्मिएका इकार्डी पिएसजीमा आबद्ध हुने १६औं अर्जेन्टाइन खेलाडी बनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here