सिरहामा फेरी थपिए ११ जना कोरोना संक्रमित

0
106

सिरहा,जेठ १७-

सिरहामा शनिबार थप ११ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन् । संक्रमित हुनेहरु लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जना रहेका छन ।

यो सँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या २५ पुगेको छ ।

संक्रमित ११ जना भारतका विभिन्न स्थानबाट आई आ–आफ्ना नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

यसअघि जिल्लाको भगवानपुर गाउँपालिकामा ४, बरियारपट्टी गाउँपालिकामा ४, लक्ष्मीपुर पतारी, औरही, नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा १/१ जना र जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here