आज एकैदिन थपिए कोरोनाका एक सय ८९ संक्रमित, संक्रमित संख्या १४०१ पुग्यो

0
114

काठमाडौँ, जेठ १७-

नेपालमा आज(शनिबार) कोरोना भाइरसका थप एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए। संक्रमित हुनेहरुमा कपिलवस्तुका १०९ जना, सर्लाहीका १७ जना ,दैलेखका १४ जना, सिरहाका ११ जना, सप्तरीका ९ जना ,धनुषाका ७ जना, रौतहटका ६ जना, दाङका ५ जना ,महोत्तरीका ४ जना,पर्साका २ जना, संखुवासभाका २ जना ,झापाका १ जना ,ललितपुरका १ जना र बाराका १ जना रहेका छन ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार चार सय एक जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here