रत्ननगर स्थित माधवपुरका १ पुरुषको आरडिटिमा पोजेटिभ देखिए पनि कोरोना पोजेटिभ नभएको पुष्टी

0
128

चितवन,जेठ १५-

पुर्बी चितवनको रत्ननगर-१५, माधवपुरका १ पुरुषको आरडिटि पोजेटिभ देखिएकोले आज उनको कोरोनाको पिसिआर परिक्षण हुँदै छ । गुन्जमान अस्पतालमा हिजो उनको आरडिटि पोजेटिभ देखिएकोले थप परिक्षणको लागि उनी सहित श्रीमती र छाेरीको पनि पिसिआर परिक्षणको लागि आज शुक्रबार स्वाब भरतपुरको कोरोना परिक्षण ल्याबमा पठाइएको अस्पतालका प्रशाशक मोहन खडकाले जानकारी दिए ।

ड्राइभर पेशा गर्दै आएका ती पुरुष सहित तिनै जनालाई सोही अस्पतालको क्वारेन्टाइनमा राखिएकाे  समेत खडकाले जानकारी दिए । भरतपुर स्थित ल्याब श्रोतका अनुसार केही बेर अगाडि परिक्षण गरिएको तिनै जनाको कोरोना पोजेटिभ नभएको पुष्टि भएको जनाइएको छ । यद्यपि उनीहरुको रिपोर्ट भने प्रयोगशालाले सार्बजनिक गरिसकेको छैैन । उनीहरु सहित करिब १ सय जनाको रिपोर्ट राती अबेर अथवा भोलि शनिबार बिहान सम्ममा सार्बजनिक हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here